मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनि अपिल गरेका छन् ।
आफुनो बाबुको नाममा रहेको जग्गा व्यवसायको लागि हेटौंडा उपमहानगरपालिकाका नियमराज शाक्य बाट ब्यवसायको लागि रु.५०हजार रुपैंया ऋण लिएर दृष्टि बन्धक रोक्का राख्ने भनिएको जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको जगत बहादुर बताउछन् ।
यसैक्रममा जग्गा फिर्ताको माग गर्दै हेटौंडा बुद्धचोक स्थित नियमराजको घर अगाडी जगतबहादुर सुनार सहितले धर्ना दिएका छन् ।
तत्तकालिन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएर लिएको ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको लागि आफु धर्ना बस्न बाध्य भएको पीडित सुनारले बताए ।
उनले घटना १९ बैशाख २०५४ सालको भए र १० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएपछि ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहेको बताउछन्।
घटनाको विषयमा बोल्दै हेटौंडाका सामाजिक अभियन्ता विशालराज मतहले पनि जगतबहादुरले न्याय पाउनुपर्ने बताएका छन् । मतहले भने “शाक्यले तत्कालिन समयमा जग्गा फिर्ता गर्ने आश्वासन दिँदै आएको तर हालसम्म पनि फिर्ता गरेनन् । अहिले अदालतमा सो मुद्दा चलिरहेको समेत बताउँदै मतहले भने शाक्यले सुनारलाई जालझेर गरेको देखिएको छ । जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने हो । पीडित जगतले न्याय पाउनुपर्छ ।”
यसै विषयमा बोल्दै बिभिन्न व्यक्तीहरुसंग जानकारी लिदा जगत बहादुर पिडितै बुझिएको एस फाइभ टिमका रामसरण कार्कील बताए ।
जगतबहादुर अन्याएमा परेको बुझेर नै धर्नामा साथ दिएको र आजको दिनमा संख्यामा थोरै भएपनि निकासकालागि संख्या बढ्ने बताए ।
कार्कीले भने “यसले पक्कै राम्रो हुदैन । त्यसैले तत्काल समस्या समाधान गर्न पर्छ ।”
……………………………………………………………………….
आफुनो बाबुको नाममा रहेको जग्गा व्यवसायको लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ बस्ने नियमराज शाक्य बाट ब्यवसायको रु.५०हजार रुपैंया ऋण लिनका लागि दृष्टि बन्धक रोक्का राख्ने भनि पछि रकम बुझीलिएका बखत जग्गा फकुवा गर्नेछु भनिएको तर, राजीनामाको लिखत लेखीएको दृष्टिबन्धकी भनिएपनि राजीनामा लिखत गरी राखेको अवस्थामा रहेको सुनारको भनाई छ ।
परिवारको शान्ती सूरक्षाको उचित प्रबन्ध गराईदिन र उक्त पैतृक हकभोगको सम्पत्ति बिपक्षीबाट फिर्ता दिलाई पाउँनकालागि अपलि गरेको बताए ।
पिता पदम लाल सुनारको २०६३ सालमा मृत्यु हुँदाको समय सम्म रकम चुक्ता गरी रोक्का फुकूवा गर्न पटक पटक प्रयास गरी आएकोमा मालपोत कार्यालयमा गई एक पटक राजिनामाको लिखत लेखाई सके पश्चात रकम बुझीलिई जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको बिषयमा बिवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिई गएको सुनार बताउछन् ।
सुनार भन्छन् “धितो स्वरुपको जग्गा हामीलाई नामसारी गरीदिनु तिर्नुपर्ने रकम चुक्ता गर्छु भनि अनूरोध गरपेनि बिभिन्न बाहानामा टार्ने गर्नु हुन्छ।”























प्रतिक्रिया दिनुहोस्