आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बिभिन्न दल र स्वतन्त्र उम्मेदवारहरु मत माग्न व्यस्त छन् ।

निर्वाचित भएपछि बन्ने सरकारले गर्ने कामका बिभिन्न योजना सुनाई रहेपनि व्यवसायीहरुले भने आफुहरु सहिने अवस्था आएको बताई रहेका छन् ।
देशका हरेक स्थानमा रहेका हरेक व्यवसायीहरूले व्यवसायनै गर्न नसक्ने अवस्था अएको बताएका हुन्।

हरेक व्यवसायीहरुले व्यवसाय गर्न स्तर अनुसार लघुवित्त, सहकारी,बैंक लगायतका स्थानबाट ऋण लिएरै व्यवसाय गरेसंगै पछिल्लो समय बैंकको चर्को व्याजदर र झनै वृद्धि गर्दा निकै मारमा परेको बताएका छन् ।

अवस्था नाजुक बन्दै गएको र त्यसले गर्दा डिप्रेसनको खतरा संगै आत्महत्याको अवस्था आएपनि यसमा कसैको चासो नरहेको बताई रहेका हुन् ।

यसैक्रममा मकवानपुरका व्यवसायी एवंम मकवानपुर उद्योग वाणिज्य संघका सल्लाहकार महेन्द्र राउतले बैंकको चर्को र ब्याज वृद्धिले व्यवसायीहरुको अवस्था धारासायी बनेको बताएका छन् ।
राउत भन्छन्  “हामी व्यवसायी एउटै डुङ्गामा छौं । पल्टियो भने सबै डुव्ने हो । व्यवसायी नै डुबेपछि देशको आर्थिक समृद्धि हुन सक्दैन। ”

यसै विषयमा गरिएको कुराकानी भिडियोमा छ ।