आगामी मंसिर ४ गतेको चुनावलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी “छिन्तु” ले अहिले हुन लागेको निर्वाचनमा कुनै प्रतिनिध पात्र विजयी हुन र केही बिकास मात्रको एजेण्डा नभएको बताएका छन् ।

आइताबार मकवानपुर गढीगाउँपालिकामा गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले संघियता धर्म निर्पेक्षयता विकास निर्माण भौतिक पुर्वाधार शिक्षा कृर्षि क्षेत्रमा आधुनिकरण गर्ने र बाँकी रहेको कार्यभार यसपटक पुरा गरिने उनको भनाई छ ।

हालको अवस्थामा स्थानिय तह र प्रदेश मिलेको अवस्थामा अझ मिलाएरै उम्मेदवार पनि चुनावका लागि लागि परे संगै गाउँपालिका देखि बागमती प्रदेश सम्म विकाश गर्न र बजेट ल्याउन सक्ने क्षमता रहेको जिकिर गरे ।

जसलाई नेतृत्व सुम्पिएका थियौं उहि मध्य केही गलत परेर फलफुल मात्रै नखाएर हांगा नै भाँचेर सखाप पार्ने कोसीस गर्दै संविधान समेत च्यातचुत पार्न खोज्ने विरुद्धमा मुद्धा मिल्नेहरुको एकताले ५ दलिय गठबन्धन गरेर प्रतिगमनलाई पराजित समेत गर्न सफल भएको बताएका हुन् ।

प्रतिगमनको पराजय गरिएपनि ढाड मात्रै सकिएपनि टाउको र पुच्छर बाँकीनै भएका कारण टाउको थिच्न चाहेको र भविष्यमा प्रतिगमनले टाउको समेत उठाउन नसक्ने अवस्थामा पुर्याउने समय आएको बताए ।

जिल्लाको सबै क्षेत्रमा आफुहरु विजयी भईसकेको उल्लेख गर्दै औपचारिक्ता दिन मात्र बाकी रहेको पुलामीको धारणा छ ।

पुलामी भन्छन् ” अरुले गरेको गठबन्धनको बिरोध गर्ने होच्याउने  हिम्मत भए एक्लै लड्न आउ भन्दै आफुहरु गठबन्धन गर्ने पार्टीले स्थानिय तहको निर्वाचनमा हामीलाई टर्च बालेर खोज्नुपर्छ भन्ने गर्थे ।  केरा खाएर तौल बढाएर भर्ति हुन गएपछि तौलमा कमी भए सरह  उनिहरु भएका छन्  । अझ कमल थापा पनि त्यान्द्रोको साहारा लिन पुगेको अवस्था छ । चलचित्रमा जानाजान भिलेन निर्माण गरेका हुन्छन् ,। यदि भिलेन निर्माण नगर्नेहो भने हिरोको के अर्थ ? हो नेकपा एमालेका ओलीले पनि भिलेन निर्माण गरेकै कारण गठबन्धनको महत्व बढेको छ ।  हिरो भएको छ । त्यसैले ढुक्क भएर सबैले गठबन्धनको साझा उम्मेदवारलाई चुनाव चिन्ह रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गरौं र विजयी गराऔं ।”