नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत राम्रो परिचय बनाएका अभिनेता सन्तोष पन्त सहित कलाकारहरुको अभिनित ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रर्दशन हुने भएको छ ।
निर्माता निर्देशक साकार पन्त रहेका फिल्ममा कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा, विनय कुँइकेल, जेविका कार्की, अनुष्का अधिकारी,दिव्य देव पन्तको अभिनय हेर्न पाइने भएको हो ।
यही असोज २८ गते प्रर्दशन हुन लागेको चलचित्रलाई साकार पन्तले पहिलो पटक निर्देशन गरेका हुन् ।
समाजका बेथिति , विदेशिने र विदेशिएका कुरा, मतभेद देखि समाजमा भएको र देखिएकै कुर समेटेर फिल्म तयार गरिएको निर्माण पक्षले बताएका छन् ।
चलचित्र ३ पुस्ताको भएकाले विगतमा टेलिचलचित्र हेर्नु भएका दर्शकहरुले स्मरण गरेकै नमाकै कारण पनि हेर्नुहुनेमा ढुक्क रहेको बताएका हुन् ।
अहिलेको प्रविधिमा ठुलो पर्दामा उतारेर नयाँ स्वाद दिने फिल्म बनेको नेपालको राजधानी काठमाण्डौं देखि हिमाली भेग तराईका केही भुभागका रमणिय स्थल कैद गरिएको निर्माण पक्षले बताएका हुन्
विगतमा ब्राण्ड बनेको टेलिचलचित्रकै नमबाट तयार गरिएको ठुलो पर्दाको फिल्मलाई दर्शकहरुको मायां प्राप्त गर्नेमा विश्वास रहेको बताए ।
उनले आफ्नो भुमिकाको बारेमा बोल्दै शिखाको भुमिकामा देखिएको बताइन् ।
नारीहरुको हकहितमा लड्ने पत्रकारको भुमिका निर्वाह गरेको बताएकी हुन् ।
…………..
वि.सं २०५३ सालमा सुरु हुँदा टेलिश्रृंखलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो। नेपाल टेलिभिजनका तत्कालीन महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिश्रृंखला १७ भागपश्चात् ‘भोलिको कुरा’ पछि ‘हिजो आजका कुरा’ नाम राखिएको थियो ।
टेलिश्रृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा दर्शकहरु पर्खेर बस्ने गर्थे । ‘हिजो आजका कुरा’६ सय ९९ भाग प्रसारण भएको थियो ।
वि.सं २०६३ मा टेलिश्रृंखला बन्द भयो। दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरेका थिए।
चलचित्रमा सन्तोष पन्तको जोडी रमा थपलिया छिन्।
फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतको अभिनय रहेको छ।
चलचित्र ‘हिजो आजका कुरा’ असोज २८ गते प्रर्दशन हुने छ ।














प्रतिक्रिया दिनुहोस्