मदन पुरस्कार विजेता कृतिकार ऐना का वरिष्ठ लेखक रामलाल जोशीको नयाँ कृति बाआमा भदौ १७ गते विमोचन हुने भएको छ ।
सत्य र त्थ्यलाई शब्दले चित्रण गर्न सक्ने सुदुर पश्चिम धनगडीका सहित्यकार रामलाल जोशीले देशको भुगोल र भुगोल भित्र समाजमा भएको यर्थाथलार्ई शब्दमा छर्लङ्ग पारेर अर्को कृति “बाआमा” लिएर आउने भएका हुन् ।

नेपाली साहित्यको बहुबिद्यामा कलम चलाउने व्यक्ती सुदुर पश्चिमको डोटीमा जन्मिएका स्नाकोत्तर शिक्षा हाशिल गरेका जोशी शिक्षण पेशामा अवाद्ध रहेतापनि पेशानै त्यागेर बदलिन नसकेको समाज अनि समाजको परिभेषलाई जस्ताको त्यस्तै छर्लङ्ग परेर “ऐना” लिएर आएका थिए ।
२०५७ सालमा गजल संग्रह “हत्केलामा आकाश” प्रकाशन गरेका जोशीले २० वटा कथाले भरिएका “ऐना” मा आरम्भ, खेल, रंगमञ्च, नायक, पर्दा, पापीघाट, मध्यान्तर, तस्विर, सृेतीको सुस्केरा, कालीको गित, एउटा भोकको अन्त्य, भर्जिन कथा, मुक्ती, यर्थाथ भ्रम, श्रीमान विरबहादुर, श्रीमती जुगुनु देबी, साईबर सेक्स, दियो जलिरहेछ, खुटियाको काख र सम्पत्ति जस्ता कथाहरु समेटिएको कथा संगह्र लिएर आए ।
सुदुरपश्चिमाञ्चल साहित्य समाज,नेपाली लेखक संघ लगायत बिभिन्न संघ संस्थामा आवद्ध जोशीले पहलमान सिंह स्वार प्रतिभा सम्मान२०६८ राष्ट्रिय प्रतिभा पुरस्कार २०७३मा प्राप्त गरेका थिए ।
समाजमा “ऐना मार्फत” ऐना देखाएर मदन पुरस्कार विजेता समेत भएका जोशीले पश्चिमि मुलुकको कुरिति समाजको नाममा मौलाएको विकृति गरिबिको बाध्यता अशिक्षाका कारण बिग्रिएको बोलीका शब्द अनि, सामनितहरुको शोषणलाई चित्रण गरेको ऐना पछि २०७५ सालमा सखी पस्केका थिए ।
केही समय अघि २०९ औं भानुजयन्तीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदान गरिने भाषा, साहित्य पुरस्कार रु. ७५ हजार राशी सहित प्राप्त गर्न सफल भए ।
निरन्तर साहित्यमा योगदान दिदै आएका जोशीका बारेमा कृति प्रकाशनकालागि समर्थन गरेको नेपालको एक प्रतिष्ठित प्रकाशन गृह बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले पनि लेखको यर्थाथ बयान गरेका छन् ।
अध्यक्ष मात्रै नभएर गीतकार, कवि, लेखक, साहित्यका धरोहर भुपेन्द्र खड्का लेखकलाई पात्र बनाएर “बाआमा” का विषयमा बोलीरहेका हुन्।
“ऐना” र “सखी” ले समाजको बेथिति अवस्था मानिसको बाध्यताले बिथोलिएँ संगै आँखाका पानी बगाएकै हो ।
सृजनात्मक १२ कथा र उपकथाहरूको आख्यान बाआमा भदौमा पढ्न पाइने भएको हो भने यसको पखाईमा तड्पिनेहरुपनि निकैै छन् ।।
लेखक जोशीले सृष्टिका शब्दहरुलाई अग्रज व्यक्तीत्वहरु, साहित्यप्रेमी, पाठकवर्ग, प्रकाशन सहयोगी बुकहिल लगायत सबैको साथ सर्मथनका कारण याहाँ सम्म आइपुग्न सफल भएको लेखक जोशी बताउछन् ।
उनि भन्छन “प्रथम गुरु बाआमादेखि जीवनको प्रत्येक पाइलाका गुरुहरूप्रति सादर नमन गर्दै प्रिय पाठकहरु समक्ष चाडैं आउने छु । मलाई साथ दिनुहुन अनुरोध छ ।”



















प्रतिक्रिया दिनुहोस्