हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित न्यु देवनगर नेवाः युवा क्लब को आयोजनामा जारी फुटबल गेमको आज पनि २ चरणको खेल भएको छ ।

खेलआयोजनाको आज पाँचौ दिनमा पहिलो चरणको खेल मनकामनाटोल र मैदाटोल विच  भएको छ भने दोस्रो चरणको खेल विकाश टोल र मिलन टोल विच भएको हो ।

मनकामनाटोल र मैदाटोल विच मा भएको पहिलो चरणको खेलमा ० विरुद्ध १ गोल गर्दै मैदा टोल विजयी भएको छ ।
जर्सी न. ३५ खेलाडी विष्णु राइले गोल गरेका थिए ।

दोस्रो चरणको खेलमा ० विरुद्ध १ गोल गर्दै विकाश टोल विजयी भएको छ ।
जर्सी न. १० खेलाडी विश्वराज खड्काले गोल गरेका थिए ।

लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहित फागुन ७ गतेदेखि सूरु भएको फुटबल प्रतियोगिताका लागि
१४ समुह रहेको र फागुन१४ गते समापन गरिने छ ।

खेलमा प्रथम हुने समुहलाई नगद ३० हजार शिल्ड र प्रमाणपत्र दोस्रो हुने समुहलाई नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने क्लब अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।