जिल्ला तेक्वान्दो संघ मकवानपुरले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोभिड–विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीहरु मकवानपुर प्रहरीलाई संघले सहयोग गरेको हो।संघ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले मकवानपुर प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङलाई हस्तान्त्रण गरेका हुन् ।

सामाग्रीमा दुईहजार वटा मास्क, ५ सयवटा पञ्जा, ५० वटा फेसशिल्ड र करिब ८ लिटर सेनिटाइजर हस्तान्तरण गरेको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमिती सचिव बिक्रम लामिछानले बताए ।

लालकाजि रत्न ब्रजाचायको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेश श्रेष्ठ, नेपाल तेक्वान्दो संघ केन्द्रीय सदस्य दीपेन्द्रचन्द ठकुरी, राखेप तेक्वान्दो प्रशिक्षक माधव तिमल्सिना संचारकर्मी लगायतको अपस्थिति रहेको थियो ।