रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ स्थित कमानेमा निलगिरी बाल समुहको आयोजना तथा कालिकामाई टोल विकास संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मकवानपुर जिल्लामा १८ वर्ष भन्दा कम उमेरको बालबालिकाको आयोजनामा भएको यो पहिलो कार्यकम हो । कार्यक्रम बाल समुहको अध्यक्ष सिमोन भट्टराईको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख अथित्यता तथा उपमेयर राजेश बानियाको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा ३१ जना पुरुष रहेका छन् भने १० जना महिला रहेका छन् ।

८ नम्बर वडा अध्यक्ष राम कृष्ण थापा, जिल्ला रेडक्रस सोसाइटी मन्त्री सुमित्रा काफ्ले, कालिकामाई टोल विकास अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे, वडा जनप्रतिनिधि, टोल विकास समन्वय समिती बिष्णु अर्याल, ८ नम्बर वडा सहजकर्ता रोजिता दङ्गाल ,कलिकामाई टोल बिकास आमा समूह, निलगिरी बाल समूह अभिभावक भिमसेन घिमिरेको आतिथ्यतामा कार्यक्रम सम्पन भएको छ।

बालबालिकालाई सामाजिक कार्यमा सहभागी गराउने तथा हेटौंडामा रगत अभावको कारण कोहि पनि बिरामी जोखिममा नपरून भने उदेश्यले गरेको यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश र बालमैत्रि अभियान वडामा कायम तथा दिगोपना लेराउन मदत मिल्ने छ।