हेटौंडा । हेटौंडा-११,स्थित सिमलटार युवा क्लबको आयोजनमा मकवानपुर जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मङ्गलबारबाट थानाभर्याङस्थित सिमलटार खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्धाटन वडाध्यक्ष जुना दहालले गरेकी छिन् । प्रतियोगिताको उद्धाटन खेलमा सिमलटार फुटबल क्लब विजयी भएको छ । हेटौंडा-१८,स्थित हर्नामाडी युवा समाजलाई ५-० गोलको अन्तरले सिमलटार एफसीले पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो हाफको २० मिनेटको खेलमा सत्यमान घलान, पहिलो हाफको २८ मिनेट र दोस्रो हाफको १९ मिनेट अभिषेक लामाले, २४ मिनेट सन्तोष गोङ्गबा र पेनाल्टी मार्फत २९ मिनेट सुजित थिङले गोल गरेका थिए । एक साता सम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले २० हजार र उपविजेता टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।फाइनल खेल शनिबार हुनेछ । उद्धाटन कार्यक्रममा आयोजक सिमलटार युवा क्लब अध्यक्ष प्रभाकर पुडासैनी सभाध्यक्षमा भएको थियो ।




























प्रतिक्रिया दिनुहोस्