मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा दरबार एग्राे मार्ट संचालनमा आएकाे छ । हेटौंडा–४ काे वडा कार्यालय नजिकै शितलमहलचोकमा दरबार मार्ट सञ्चालनमा आएको हाे ।

शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मार्टको औपचारिक उद्घाटन गरेकी हुन् । विगत ६ वर्षदेखि कृषि मुख्य पेशाकाे रुपमा अंगाल्दै ड्रागन फ्रुट, मेवा, खरबुजा लगायतका फलफूल खेतीको काम गरिरहेका पदमपोखरीका सुरज थिङले मार्ट सञ्चालनमा ल्याउन ल्याएका हुन् ।

५० लाख रुपिँया लगानीमा सञ्चालन गरिएको एग्राे मार्ट फलफुल र गेडागुडी लगायत स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई प्राथामिकता दिने योजनाले सञ्चालनमा ल्याइएको थिङले बताए । एग्रो मार्ट संचालनमा आए पछि स्थानीय ६ जनाले प्रत्यक्ष रोजगारीकाे अवसर पाएका छन् ।