हेटौंडा अस्पतालमा न कुनैलोभ न कुनै लालच न कुनै रिसराग सधै मुस्कुराउदै निरन्तर काम गरिरहेको देखिने व्यक्ती हुन् हाक्कु देउला ।

मकवानपुरको थाहा नगरपालिका पालुङ्गमा वि.सं.२०२४ जन्मिएका देउला बिभिन्न काम गरे पश्चायत वि.सं. २०५० सालदेखि हेटौंडामा रहेको सरकारी अस्पतालमा काम गर्दै आएका छन् ।

उनले अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएका शवहरु चिर्ने काम गरिहेका छन् भने उनलाई सबैले हाक्कु दाई भनेर बोलाउने गरेका छन् ।

शव चिर्ने काममा हाक्कु दाईसंगै उमेश रिजाल पनि काम गरिरहेका छन् ।

मनको  पिर मनमा लुकाएर मुस्कुराउदै सबैलाई हसाउदै काम गर्ने हाक्कुदाईले शव चिरेकै २९ वर्ष भएको र उमेशको अवधी १२ वर्ष भएको बताए् ।
सुरुवातमा काम गर्न आउदा केही असहज भएपनि शव चिर्न र पुनः सिलाउन कुनै असहज नभएको उनको अनुभव छ ।

सुरुवातमा  मासिक तलब १२सय पाउने बेलाबाट सूरु गरेका हाक्कुदाईले हाल २५ हजार ५ सय तलब पाएपनि तलबले दैनिकी चलाउन हम्मेनै परेको बताउछन् ।

हाल २ जना काम गरिरहेको र दैनिक ८ घण्टा काम गरिरहेको र कहिलेकाही थप काम गर्नु पर्ने र त्यस बापत भने केही नपाइएको उनको भनाई छ ।

हाक्कु दाई भन्छन् “काम हो गर्नै पर्छ कठिन हुदैन । आज २९ वर्ष भइसक्यो । काममा दुःख लाग्दैन तर, जागिर छोड्दा रित्तै हुने भईयो यसमा दुःखी छु ।जागीर छोडेर जानेबेला म जस्तो दुःख गरेर काम गर्नेकालागि कसैले सोचेनन् । अस्पतालमा काम गरेका छौं । अस्पतालका ठुला पदमा रहेकाहरुलाई बाराम्बार थाइ बनाइदिन भन्दै अनुरोध गरें ।थाई पनि बनाएनन् । कति फेरिए कसैले चासो दिएनन् ।जागिर छाडेर जानु पर्ने बेलामा भने सम्बन्धितले हाम्रा लागि पनि सोचिदिनुहुन अनुरोध छ ।”

 

हेटौंडा अस्पतालमा शव चिर्ने काम गरिरहेका हाक्कुदाई संग गरिएको कुराकानी ।।