हेटौंडा । हेटौंडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिजय (माउवा) संघको कृषि प्रदर्शनी समितिको आयोजनामा यही चैत १३ गतेदेखि १६ गतेसम्म प्रदेशस्तरीय कृषि प्रदर्शनी–२०८२ हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा–२ पल्पसा प्याराडाइसमा हुने कृषि प्रदर्शनी मेलाको बारेमा माउवा संघका अध्यक्ष प्रमोद सिंह रानाधाटले जानकारी गराएका छन् ।
कृषि प्रदर्शनी मेलाको उद्धाटन बागमती प्रदेशका कृषि तथा पशु पंक्षी विकास मन्त्रालयका मन्त्री मदुसुदन पौडेलले गर्ने कार्यक्रमको तालिका रहेको अध्यक्ष प्रमोद सिंह रानाभाटले बताए । प्रदेशको संघीय राजधानी काठमाडौं, सिन्धुली, रामेछाप, काभ्रे, चितवन र मकवानपुरका कृषकहरुले आफूले उत्पादन गरेको सामाग्रीहरु स्टलहरुमा राख्ने छन् । कृषि प्रदर्शनी ४० वटा स्टलहरुको व्यवस्थापन गरिने उनले बताए ।
मेलामा प्रदर्शनी हुने स्टलहरुमा कोदो, जुनेली, फापरको पिठो तथा गेठागुडी, मह, बाँसको ग्लास, थर्मस, केराको चिप्स, म्याट मस्यौरा, क्याण्डी, आलु, गुन्द्रूक, जनार, जुस, मल, दाना, अण्डा, गाँजा अल्लोको गार्मेन्ट, तेल, केराको परिकार, च्याउ, माछा, यमरी, डेरीको सामाग्री, कृषिको उपकरण लगायतका सामाग्रीहरु रहने उनले बताए । कृषि प्रदर्शनीका लागि पशु पंक्षी विकास मन्त्रालयबाट ५ लाख रुपैयाँको बजेट प्राप्त हुने र अन्य माउवा संघले व्यर्होर्ने उनले बताए ।

















प्रतिक्रिया दिनुहोस्