क्रिकेट व्याट र बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीले मैत्रीपूर्ण क्रिकेट खेलको अयोजना गरेको छ । शनिबार हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा स्ववियु हेटौंडा क्याम्पस कमिटीले मैत्रीपूण खेलको आयोजना गरेको हो । स्ववियु हेटौंडा क्याम्पसका सभापति अभि मैनालीको सभाध्यक्षमा तथा हेटौंडा उपमहाका वडा नम्बर–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । हेटौंडा क्याम्पस र फरेष्ट्री क्याम्पसबीचको मैत्रीपूर्ण खेलमा फरेष्ट्री क्याम्पस विजयी भएको छ ।

मैत्रीपूर्ण क्रिकेट खेलमा पहिले व्याटिङ गरेको फरेष्ट्री क्याम्पसले हेटौंंडा क्याम्पसलाई २४ रनले पराजित गरेको स्ववियु हेटौंडा क्याम्पस कमिटीका सह–सचिव सन्देश पटेल कुर्मीले जानकारी दिएका छन् । निर्धारित २० ओभरको खेलमा फरेष्ट्री क्याम्पसले दिएको १ सय ६९ रनको लक्ष्य पच्छ्याएर दोस्रो व्याटिङका लागि उत्रिएको हेटौंडा क्याम्पसले १ सय ३५ मात्र जोड्न सकेको सहसचिव सन्देश पटेल कुर्मीले बताए । दुबै क्याम्पसका विद्यार्थीबीच सुमधूर सम्बन्ध कायम गराउन खेलको महत्वको बारेमा बुझाउनका लागि खेलकुद कार्यक्रमको आयोजना गरेको सहसचिव पटेलले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्र्दै सभापति मैनालीले खेलको माध्यमबाट विद्यार्थीले आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्न पाउने बताएका छन् । उनले खेलमा लागेको मानिसहरु लागूऔषधबाट टाढा रहने बताए । प्यासनलाई प्रोभेशनल बनाउने खालको शैक्षिक वातावरणको निर्माण गर्ने उनको भनाई छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहसचिव पटेलले सहजीकरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रिय सदस्य आकाश अधिकार,थाइ कमिटी सदस्य किसान घिसिङ, स्ववियु पूर्व उपसभापति विधान आचार्य (स्पर्श , स्ववियु उपाध्यक्ष भारत मोहन देवकोटा लगायतको उपस्थिति रहेको थियो । मकवानपुरगढी क्रिकेट क्लबका अनिस न्यौपाने र सुजल लम्सालले एमपाइरिङ अम्पायरको भूमिका निर्वाह गरेका थिए ।