बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनामा मनहरी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रीनले जित हासिल गरेका छन् ।
कुल खसेको मत १४८३ मतमा नेपाली कांग्रेसका उम्मेदवार ४२४ नेकपा एमालेका उम्मेद्वारले ४२० मत प्राप्त गरेका थिए । पाख्रीनले ५४५ मत प्राप्त गरि विजयी भएका हुन् ।
नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार ५४८ , दलित महिला सदस्य ५३७ , खुल्ला सदस्य एउटा ५२४ र खुल्ला सदस्य दुइटामा ४८९ मत प्राप्त गरि प्यानल विजयी भएका छन् ।























प्रतिक्रिया दिनुहोस्