सिटिजन्स बैंक र न्युरोडस्थित रन्जना सिनेप्लेक्स बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रञ्जना सिनेप्लेक्सको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

नागरिक न्युजबाट साभार गरिएको छ ।