नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत राम्रो परिचय बनाएका अभिनेता सन्तोष पन्त सहित कलाकारहरुको अभिनित नेपाली चलचित्र ‘हिजो आजका कुरा’ यही असोज २८ गते प्रर्दशन गरिने भएको छ ।

नेपाल टेलिभिजनमा सुरु हुँदा ‘आज भोलिका कुरा’ नाम रखिएको थियोभने पछि नाम परिवर्ततन गरि ‘हिजो आजका कुरा’ नाम राखिएको थियो ।

विगतमा ब्राण्ड बनेको र अहिले ठुलो पर्दामा दर्शकहरुमाझ ल्याइन लागेको र प्रर्दशनपछि सबैको मायां प्राप्त गर्नेमा विश्वास रहेको निमार्ण पक्षको दावी छ ।

निर्देशक साकार पन्त रहेका फिल्ममा कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा, विनय कुँइकेल, जेविका कार्की, अनुष्का अधिकारी,दिव्य देव पन्तको अभिनय हेर्न पाइने छ ।

राम्रो परिचय बनेको नामकै नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रर्दशन हुने भएपछि सम्झनामा रहेको टेलीफिल्म र पखाईमा फिल्म रहेको बिभिन्न व्यक्तीहरुको भनाई छ ।