रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाका सडक पेटीमा बसेका बेवारीसे सडक मानवलाई नयाँ वर्षको अवसरमा निःशुल्क खाना खुवाइएको छ ।

समाजका लागि सेवा गर्ने मोह भएका हेटौडाका युवा प्रिन्स पाठकको नेतृत्वमा युवाहरुको एक समूहले शनिबार २० जना सडक मानवलाई खाना खुवाएर नयाँ वर्ष मनाएका हुन् ।

चाहे चाडपर्व होस् या आफ्नो जिवनको कुनै शुभ पल सो समयमा अनावश्यक खर्च गरेर समय बर्बाद गर्नु सट्टा सहयोगको खाँचो भएकालाई सहयोग गर्न पाउँदा, खान नपाएर भोकाएका व्यक्तिहरुको पेट भर्न पाउँदा आफुलाई आत्म सन्तुष्टि मिल्ने पाठकले बताए।

यी हेटौडेली युवा समूहले बिना कुनै प्रचार विपन्न वर्ग समुहका मानिसहरुलाई जाडो याममा शरिर ढाक्नको लागी लत्ताकपडा वितरण गर्ने देखी लिएर गोप्य रुपमा अन्य थुप्रै सेवाहरु गर्दै आइरहेका छन् ।

हेटौडा उपमहानगरपालिकाका प्रिन्स पाठक, आशिष बुडाथोकि, सुदिप लामा, रोहित थापा, दिपक मगर, राजेश कुवर, बुद्धी वाइबा, रारा राम रजक, सिता कोइराला, सोनी राना मगर, गोवीन्द राना मगर, जनक, छवी लाल सुवेदी, सत्यम मिश्रा, रवीन घलान, सुसील माझी, सुरज मोक्तान, राजेन्द्र खड्का, सरोज न्यौपाने, पुर्णीमा खत्री, रक्षा खत्री, सिता कोइराला लगाएत युवाहरुले मिलेर खाना खुवाएका हुन् ।

 

रातो समाचार संवाददाता
थप जानकारी