कवितामा सहभागी हुने प्रतियोगिताको नाम माथिको सूचनामा सार्वजानिक गरिएको छ ।
हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा भोलि शनिबार हुन लागेको माध्यमिकतह विद्यालयस्तरीय कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविको सूचि सार्वजानिक भएको छ । बिहीबार आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले वृहत साहित्यक तथा साँस्कृतिक कार्यक्रममा हुन लागेको कविता प्रतियोगितामा छनौट भएका उत्कृष्ट १० कविको सूचि सार्वजानिक गरेका हुन् ।
कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेगरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भावना सापकोटाले बताइन् । कविता प्रतियोगितामा सहभागी हुनका लागि प्राप्त २६ जना कवि मध्य उत्कृष्ट कविको कविता छनौट गरेर नाम प्रकाशन गरिएको उनले बताइन् । छनौट भएका कविले भोलि शनिबार हुने प्रतियोगितामा कविता वाचन गर्नुपर्ने बताइएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ, ५ हजार रुपैयाँ र १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।























प्रतिक्रिया दिनुहोस्