योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) मकवानपुरको विस्तारित बैठकद्वारा लबराज ठकुरीको संयोजकत्वमा १००१ ( एक हजार एक ) निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
तयस्तैगरि परिचालन कमिटीको सदस्यमा ८ पालिका १ नगरपालिका १ उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्यहरु र संघिय क्षेत्र र प्रदेश क्षेत्रका सदस्यहरु रहने भएको हो ।
१५ गते दशै पालिकाको बैठक बस्ने र पालिकाका वडा स्तरिय निर्वाचन परिचालन, प्रचार प्रसार, र उमेदवार सुरक्षार्थ कमिटि निर्माण गर्ने भएका्े हो ।
संघिय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेवारी भने यस अघिको बैठकले तोके बमोजिम यथावत राखिएको छ ।
निर्वाचन बूथमा एक बुथ एकाउन्न युथको दरले बुथ सुरक्षाका लागी युबा परिचालन गरीने जनइएको छ ।
(वाइसीएल) जिल्ला अध्यक्ष लबराज ठकुरीको सभाध्यक्षतामा गरिएको बैठकमा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य भिम पाख्रीन रहेका थिए ।
त्यस्तै केन्द्रीय सचिव सुमन पाख्रीन वाइ सी एल केन्द्रीय सदस्य राजकुमार मोत्तान,जिल्ला समन्वय समिति सदस्य कमल अर्याल (वाइसीएल) केन्द्रीय बिभाग सदस्य सुनिल बैलकोटी, सरोज पाख्रीन लगायतको गरि उपस्थिति रहेको थियो।





















प्रतिक्रिया दिनुहोस्