रोशन दिप – बाग्मती प्रदेशको राजधानी हेटौडामा जन्मिएका नितेश रिजाल सानै देखि यार्पमा केहि गर्ने मोह भएका व्यक्ति हुन् ।

आफुले आफुलाई ब्ल्याक क्याट् भन्न रुचाउने उनि भन्छन्,”सानै देखि एकान्तमा बस्दा केहि न केहि गितहरु गुनगुनाउने गर्दथे । त्यहि गुनगुनाउने क्रममा एक्दिन अचानक मनमा गितलाईनै अलिकती फरक ढंगबाट, अलिक रफ तरिकाले गाइदिउनत भन्ने सोचइ आयो र त्यहि बेला देखि यामा बुद्ध, प्रोफेसोर ट्रिक्स, एमसी फ़्लो जसता ठुलाठुला सफल यार्परहरुलाई आफ्नो आईडल बनाएर यार्पको यात्रा सुरु गरे” ।

उनको अनुसार यार्प भनेको पनि एउटा कलानै हो ।तर नेपाली समाजमा यार्पलाई हेर्ने दृष्टिकोण अलिक फरक भएको कारण अबको समयमा यो फरक दृष्टिकोणलाई बदल्नु जरुरी  रहेको बताउँदै कला भनेको त सरस्वती माताको आशिवार्द हो, प्रसाद हो । सबै यार्प नराम्रो हुन्छ भन्नि छैन । परिवारीक माहोलमा बसेर हेर्न मिल्नी यार्प पनि हुन्छ । एकदुई जनाले कलालाई विकृती बनाए भन्दैमा कुनै पनि कलालाई नराम्रो दृष्टिकोणले हेर्न नमिल्ने बताउँछन् ।

पिता हरिहर रिजाल र माता गोमा रिजालका जेठा छोराका रुपमा जन्मिएका नितेशको निकेश रिजाल नामक एकजना भाई र निकिता रिजाल नामक एकजना बहिनि छन् ।

मकवानपुर बहुमुखि क्याम्पस हेटौडाबाट + २ पास गरेका युवा नितेशले परिवारको बिभिन्न समस्या प्रतक्ष देखेपनि आफ्ना संकट पर सारेर बुबाआमाले आफ्नो पालनपोषणमा राजकुमार जस्तै सुखद वातावरण दिएको बताउँछन् ।

स्वर्गिए बाबु हरिहर रिजालको सम्झनामा भावुक हुँदै नितेश भन्छन् मेरो बुबाले मलाई हुर्काएर यति ठुलो बनाउनु भयो । बुबा हुँदा मलाई धेरै सर्पोट गनुहुन्थ्यो त्यसैले म उहाँको आभारी र ऋणी छु । यसै कारण बुबाको मायाको ऋण चुक्ता गर्न न सकिए तापनि भविष्यमा प्रगती गरेर एउटा ठुलो र असल व्यक्ति बनेर परिवारलाई सुख दिने सपना रहेको नितेश सुनाउँछन् ।

नितेशको (ब्लैक क्याट) नामक अफिसियल युट्युब च्यानल छ । जसमा उनले आफ्नो यार्प म्युजिक भिडीयोहरु अपलोड गर्ने गर्छन । यहाँ तलको भिडियोमा तपाईँहरुले उनको यार्प म्युजिक भिडीयोहरु हेर्न सक्नुहुनेछ)।