हेटौंडा उपमहानगरपालिकामा रहेका साना सवारीअटो चालकहरुले अन्यायमा परेको भन्दै आन्दोलनमा उत्रेका छन् ।
२०७६ पुस ९ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौंडा उपमहानगर बजार क्षेत्रमा सञ्चालनकालागि हरियो स्टीकर टाँसेपछि केही अटोचालकहरु अन्याय गरेको भन्दै आन्दोलन गरिरहेका हुन् ।
नयाँ मापदण्ड बनाएर“ग्रिन स्टिकर” टाँस्न सुरु गरेदेखि नै रुट नपाएकाहरुले असन्तुष्ट जनाउँदै बजार क्षेत्रमा चलाउँन पाउनु पर्ने भन्दै मंगलबार धर्ना दिएका थिए ।
उनिहरुले अटो सञ्चालनको लागि रुट परमिट समेत दिएको र सरकारलाई दिनुपर्ने कर तिरेर कागाजातमा कुनै कमी नराख्दापनि बिभिन्न बाहानामा संचालनका लागि रोक लगाइएको अटो चालकहरुले बताए ।
अटो लिएरनै हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएका अटो चालकहरुले यसै विषयमा बोल्दै ट्राफिक प्रहरीले पनि ज्यादती गरेको आरोप लगाए ।
बिना गल्ती जरीवाना तिराउँने गरिरहेपनि स्थानिय तहमा बसेकाहरुले समन्वयको बाटो नखोर विभेदकारी नीति लिएको उनिहरुको भनाई छ ।
उनिहरु भन्छन् स्थानीय सरकारले नै बाँच्ने आधार नै खोस्न लागेको छ ।हामीलाई काम गर्ने बाटो खोल्नु पर्नेमा वास्ता छैन । हामीलेनै जिताएको जनप्रतिनिधी भएर यस्तो । अब या सबैको अटो नै उपमहानगरले जिम्मा लिन पर्यो या काम गर्ने पाउनु पर्यो।
मजदुरले लगानी गरेरै खान नपाउने कस्तो निती ? यसरी काम गर्न नपाउदा रगतको खोला बग्ने अवस्था भयो ।
यसै विषयमा हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले समस्या समाधानका लागि छिट्टै बाटो खोलिने बताउछन् ।
अटो सञ्चालकहरुले अन्याय पर्यो भनिरहदा त्यस तर्फ ध्यान पुगेको किन नदेखिएको भन्ने रातो समाचारको प्रश्नमा प्रवक्ता न्यौपाने भन्छन् हामीले छलफल गरिरहेका छौं ।















प्रतिक्रिया दिनुहोस्