हेटौंडा । हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी पहिलो संस्करणको ८ ए साइड महिला फुटबल प्रतियोगिताको फाइनलमा समीकरण पूरा भएको छ । कमाने फुटबल एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो । आज शनिबार हुने फाइनल खेलमा आयोजक कमाने फुटबल एकेडेमी र हेटौंडा फुटबल एकेडेमीको टिमबीच उपाधि भिडन्त हुनेछ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा चितवन जिल्लास्थित भरतपूर महानगरपालिकाको अम्बासडोर्स फुटबल क्लबलाई २–० गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले फाइनलको यात्रा तय गरेको थियो भने शुक्रबार भएकै पहिलो सेमिफाइनल खेलमा आयोजक कमाने फुटबल एकेडेमीले रातोमाटे युथ क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ ।प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
























प्रतिक्रिया दिनुहोस्