नेपाल तेक्वान्दो संघ अन्तर्गत बागमती प्रदेशको १३ वटा जिल्लामा मकवानपुर जिल्ला तेक्वान्दो संघलाई उत्कृष्ट भएको भन्दै सम्मन गरिएको छ ।
नेपाल तेक्वान्दो संघको तेश्रो बार्षिक साधारणसभामा मकवानपुर जिल्ला तेक्वान्दो सघंका अध्यक्ष लालकाजी रत्न सहितको टोलेलीले जिल्लामा रहेर खेल र खेलाडीको हकहितमा काम गरेर चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।
सम्मान पत्र ग्रहण गरेका अध्यक्ष बज्राचार्यले भने “नेतृत्वमा म भएपनि काम गर्न कार्यसमितिका सबै पदाअधिकारीको साथ, जिल्ला भित्रका डोजाङ रबैको उत्तिकै भूमिका रहेको छ । बिभिन्न समयमा खेल सम्पन्न गर्न हरेक तर्फबाट सहयोग गर्ने सहयोगीको साथ पाएर हो । उत्कृष्ट अध्यक्ष भएको भन्दै सम्मान गरिनु म मात्र होइन यो पुरै समुह सम्मान भएको हो मकवानपुरकै लागि खुसीको कुरा हो। सबैलाई धन्यवाद छ ।”
……………………………
मकवानपुर जिल्लामा २०४६ सालदेखि तेक्वान्दो खेल स्थापना गरि खेल क्षेत्रलाई आत्मादेखि अगाल्दै सबै भन्दा वढि कुशल र सक्षम तेक्वान्दो खेलाडिहरु उत्पादन तथा डोजाइ वृद्धि गराउन सफल आधुनिक कड हल निर्माण गर्न सफल, बागमति प्रदेश सरकार र नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सग समन्वय भूमिका निर्वाह गरि जिल्लालाई तेक्वान्दो खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि उत्कृष्ट जिल्लाको रुपमा स्थापित हुन सफल र स्वयम् आफू पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा सहभागि भई तेक्वान्दो संघको गरिमा बढाउन सफल हवाई मकवानपुर जिल्लाको तेक्वान्दो खेलको कुशल नेतृत्वको रूपमा रहनुभएको छ । साथै दर्जनौ जिल्ला स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना गर्न सफल भई कुशल प्रशिक्षक बनि संघको गरिमा बढाई देशभरिका खेलाडीहरुको मनोवल उच्च राख्न कुनै कसुर बाँकी नराख्ने इमान्दार प्रशिक्षक तथा अध्यक्षलाई सम्मान गर्न पाउँदा तपाईंबाट तेक्वादो खेलको विकासमा थप मदत पुग्नेछ भन्ने ठानेका छौ ।
मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष पदमा आशिन रहि खेलको विकास र व्यवस्थापनमा समेत तपाईको निरन्तर योगदान र लगनशिलता सरानीय छ । एक कर्मठ, लगनशिल र जागरुक तेक्वान्दो कमी एवं युवा पिडिका प्रेरणाका स्रोत तपाईलाई नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको तर्फबाट सम्मानित गर्न पाउँदा हामीहरु अत्यन्तै प्रफुल्लित भएका छौ साथै आगामी दिनमा पनि यसरीनै खेल र खेलकुद प्रति तपाईको सदैव साथ र सहयोग रहनेछ भन्दै यो कदर पत्र प्रदान गर्दछौं ।























प्रतिक्रिया दिनुहोस्