मकवानपुर क्षेत्र नंं १ को प्रदेशसभा ख मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् ।


४५२५६ मत खसेकोमा एमाले का मकवानपुर अध्यक्ष समेत रहेका श्रेष्ठले १४२२५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
लोकतान्त्रिक बाम गठबन्धन तर्फ नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३३५६ मत प्राप्त गरे ।
पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् ।