मकवानपुर क्षेत्र नम्बर–२ मा २० हजार ४३४ मत गणना हुँदा नेकपा एमाले तर्फका उम्मेदवार महेश बर्तौलाको अग्रता कायमै रहेको छ ।
जसमध्य बतौलाले ८,१२१ मत प्राप्त गर्दा लोकतान्त्रिक बामगठबन्ध तर्फ एकिृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ७ हजार ८६५ मत प्राप्त गरेका छन् ।

उम्मेदवार बिरोध खतिवडाले बर्तौलाई पछ्याउँदै छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।
मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।