आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मकवानपुरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । आइतबार विहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्म भएको हो।

मकवानपुरमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नाम चलेका नेताहरुले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।

जिल्लामा ३ लाख ७ हजार ३३ जना मतदाता छन् ।

जसमा १ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी तीन लाख ७३३ मतदाता सहभागी हुन लागेका बताइएकोे हो ।

१ नम्बर क्षेत्रको १ क मा ७७ हजार ९८९ जना र ख मा ७२ हजार १६६ जना मतदाता र २ को क मा ८३ हजार ०९९ जना र ख ६७ हजार ४७९ जना मतदाता रहेका छन् ।

दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् । जसमा ९२ हजार ८७७, पुरुष ८५ हजार ४सय जना र अन्य ५ जना गरी एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन् ।

मकवानपुरमा ६० प्रतिशत मात्रै मत खसेको बताए ।

मतगणना भने सोमबार विहान  सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने  मुख्य निर्वाचन अधिकृत निरौलाले बताएका हुन् ।