बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका ११ मा रहेको सहिदस्मारकमा पर्यटकहरुको मोहो बढेको छ ।
नेपालको बिभिन्न स्थान संगै छिमेकी मुलुक भारतबाट पनि भ्रमण गर्न र पिक्निक खानका लागि आउने क्रम पनि उत्तिकै छ ।

पर्यटकीय क्षेत्रमा उच्कृष्ट मानिने शहीद स्मारकमा आउनेहरु जो कोही पनि रमाउने गरेका छन् ।

यसैक्रममा बुधाबार मधेस प्रदेश विरगञ्जको नजिकै रहेको भारतको रक्सौलमा रहेको डंकन अस्पातालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी लगायत भारतको बिभिन्न स्थानदेखि विरगञ्ज, कलैयाबाट करिब २५० जना शहीद स्मारक आएका छन् ।
शहीद स्मारकमा आएका व्यक्तीहरुले पिक्निक खाएर प्रतिक्रिया दिदै हावापानी, व्यवस्थापन देखि हरेका कुरा आफुले सोचे भन्दा अधिक पाइएको बताए ।

शहीद स्मारकमा आएका व्यक्तीहरुले पिक्निक खाएर कस्तो प्रतिक्रिया दिए त ?