रोशन दिप – पर्दा पछाडी रहेर नेपाल तथा भारतका विभिन्न रिजनल भाषाका अनगिन्ती फिल्महरुमा द्वन्द निदेर्शकका रुपमा काम गरेर नाम कमाउन सफल व्यक्ति हुन् वीर मास्टर ।

द्वन्द निदेर्शन गरेर वीर मास्टरले पाएको जस्तो चर्चा सबै द्वन्द निदेर्शकहरुलाई पा्रप्त हुदैन ।

झट्ट हेर्दा एक्दमै फिट् देखिने आकर्षक शरीरका धनि वीर मास्टरले आफ्नो फिट्नेस मेन्टेन गर्नका लागि नियमित रुपमा विभिन्न किसिमका अलग अलग व्यायाम र शारीरीक कस्रत गर्ने गछर्न । त्यसै कारणले गर्दा होला उनको फिट्नेस देखेर ठुलाठुला कलाकारहरु लोभिनि गर्छन ।

वीर मास्टर द्वन्द निदेर्शक मात्रै नभएर एक कुशल कलाकार अभिनेता र डान्सर पनि हुन् । मैले आई लभ यु भन्नै सकिन लगाएत थुप्रै फिल्ममा खलनायकको रुपमा अभिनय गरिसकेका वीर मास्टरले “द उसु कुगँ्फु” नामक सर्ट एक्सन म्युजिक भिडियो फिल्ममा नायकका रुपमा अभिनय समेत गरिसकेका छन् । “मैले आई लभ यु भन्नै सकिन” नामक फिल्मका लागि त उनले नेपाली फिल्म इंडस्ट्रीका ठुल्दाई भनेर चिनिएका एक समयका चर्चित एक्सन किंग नायक शिव श्रेष्ठको हातबाट उत्कृष्ट द्वन्द निदेर्शकको पुरस्कार समेत पाएका थिए ।

एसका अलावा उनि आध्यामिक बाटोमा पनि हिडीरहेका छन् । उनि आफुलाई देवि माताका भक्त भन्न एक्दमै रुचाउँछन् । अध्यात्मिक चिन्तन् र माताको भक्तिभावमा धेरै जसो समय डुबिरहेका हुन्छन् ।

नेपालबाट चर्चित द्वन्द निदेर्शक वीर मास्टरले पछिल्लो समयमा साउथ फिल्म इंडस्ट्रीमा आफ्नो द्वन्द निदेर्शन द्वारा तहल्का मचाउदै छन् ।

उनले साउथ को कन्नड भाषीए फिल्म इंडस्ट्रीको सुपरस्टार स्टार मास् क्विन एक्शन हिरोइन रागिनी द्विवेदी लगाएत ठुलाठुला स्टारहरु सँग समेत काम गरिसकेका छन् । मास्टर टिमका फाइटरहरुले बताए अनुसार नेपाली, भोजपुरी, हिन्दी, फिल्म देखि ,वेव सिरिजमा समेत द्वन्द निदेर्शकका रुपमा काम गरिसकेका वीर मास्टरको एक्शन कोर्योग्राफी र निदेर्शन चाडैनै दर्शकहरुले साउथको अलग अलग रिजनल भाषाका मुविहरुमा र हिन्दी डब मुविहरुमा देख्न पाउने छन् ।

(यहाँ तलको भिडियोमा तपाईँहरुले वीर मास्टरको साउथ तथा बॉलीवुड फिल्ममा गरेको एक्सन कोर्योग्राफी र निदेर्शनको क्रमको केहि क्लिपसहरु हेर्नसक्नु हुनेछ) ।