पत्रकार महासंघ मकवानपुरको / कार्यालय तस्विर गुगलबाट

मकवानपुर/  पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको साधारण सभा आउँदौ बैशाख १९ गते हुँदैछ । शुक्रबार बसेको कार्यसमितिको बैठकले महासंघ केन्द्रीय समितिबाट प्राप्त निर्देशन अनुसार साधारण सभा बैशाख १९ गते गर्ने निर्णय गरेको अध्यक्ष मणिराज गौतमले बताएका छन् । चैत २५ गते हुने भनिएको महासंघको सधारणसभा तथा अधिवेशन स्थगीत भएको हो । साधारणसभा हेटौंडा–२ स्थित पल्पसाको सदनमा हुनेछ ।

पत्रकार महासंघ मकवानपुरले प्रकाशन गरेको सुचना ।

रातो समाचार संवाददाता
थप जानकारी