बारा जिल्लाको निजगढ नगरपालिका-१२ को बर्ष ११ कि एक बालिकामाथी जबरजस्ती करणीको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

बर्ष ११ कि बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा
६० वर्षका राना साईला भन्ने सोम बहादुर लुम्बालाई
ईलाका प्रहरी टोलिले शनिबार बिहान ११ वजे पक्राउ गरेको जिल्ला प्रहरी बाराले जनाएको छ।

बारा प्रहरीले दिएको जानकारी अनुसार जबरजस्ती करणीको खबर प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी निजगढबाट प्रहरी टोली उक्त स्थानमा पुगेको हो।