भरतपुर (चितवन) । बागमती प्रदेश सरकार अन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरेको छ । शुक्रबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१ स्थित चितवन उद्योग वाणिज्य (चिउवा) संघको सभाहलमा एक कार्यक्रमका बीच प्रदेश भित्रका उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरिएको हो ।
पुरानो नारायणी यातायात व्यवसायी संघ मकवानपुरको समनवयमा प्रदेशको सार्वजनिक यातायात सेवा क्षेत्रको दीर्घकालीन, दुर्घटना रहित, अनुशासित र उत्तरदायी सेवाको उच्च मूल्याङ्न गर्दै मकवानपुरसहित सिन्धुली, चितवन, काठमाडौँ लगायतका १६ जना चालकलाई २० हजार रूपैयाँ र १६ जना सहचालकलाई १५ हजार रुपैयाँको नगद पुरस्कार, मेडल तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रदेश भित्रका उत्कृष्टमा परेर सम्मानित हुने ३२ जना चालकहरू मध्ये सबैभन्दा बढी मकवानपुर जिल्लाबाट सम्मानित भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा २२ जनाको हाराहारीमा मकवानपुरबाट सम्मानित भएका थिए । मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलको सभाध्यक्षतामा तथा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा चालक तथा सहचालकलाई सम्मानपत्र प्रदान गरिएको थियो । हेटौँडा देखि सिन्धुली र काठमाडौँ हेटौंडादेखि बागमती हेटौंडादेखि सिन्धुली सम्म गाडी चलाउने चालक र सहचालक सहित अन्य विभिन्नलाई उनीहरूको कार्यको मूल्याङ्कन गर्दै अङ्कको आधारमा समान प्रदान गरिएको बताइएको छ ।
यातायातको क्षेत्रलाई विकृतिबाट मुक्त बनाउन सबै चालक तथा सहचालक लाग्नुपर्ने उनले प्रजिअ अर्यालले बताएका छन् । सबैलाई यातायात क्षेत्रलाई शुद्धरण गर्ने कार्यमा लाग्नुपर्ने उनले बताएका छन् । यातायातका सम्बन्धमा हिजो र आजा मूल्याङ्कन गर्ने तरिका फरक भएको उनले बताए । हिजोको हिजोको समयमा चालकलाई ड्राइभर भन्ने गरिएको थियो भने आज सहचालक र चालकको नाम दिएको छ । काम गर्ने हरेक ठाउँमा समस्या हुने गरेको तर त्यसलाई समाधान गरेर लान सक्नुपर्ने उनको सुझाव थियो ।
महाशाखा प्रमुख गजुरेलले आफूले सेवा दिएको अवधिबाट कुनै दुर्घटना गरेको छ कि छैन कुनै प्रकारको अनुशासनहिन काम गरेको छ कि छैन भन्ने कुरालाई मूल्यांकन गरेर सम्मान गरिएको बताएकी छिन् । श्रमको सम्मानको विषयलाई, चालक र सहचालकको जिम्मेवारी र कर्तव्य कुरालाई मूल्यांकन गर्दै सम्बन्धित कार्यालयले दिएको निवेदनअनुसार सम्मान प्रदान गरिएको बताइन् । गत वर्ष थोरै व्यक्तित्वलाई सम्मान गरेपनि महिलाको उल्लेखनीय रहेको र यस वर्ष भने महिलाको कम सहभागिता रहेको उनले चिन्ता व्यक्त गरिन् । यस्ता प्रकारका कार्यक्रम मार्फत सार्वजनिक एवं यातायातको सेवामा थप टेबा पुग्ने उनले बताइन् ।
कार्यक्रममा नारायण यातायात व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष हिरालाल श्रेष्ठ, चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर पौडेल नारायणी यातायात व्यवसायिक संघ मकवनपुरका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्