प्रधानमन्त्री पुष्प कमल  दाहाल प्रचण्डले पुन दोस्रोपटक विश्वासको मत लिदै छन् ।

यही मिति २०७९ पुस २६ गते लिएको विश्वासको मत २ महिना नपुग्दै पुन विश्वासको मत लिने भएका हुन् ।

त्यसबेला संसदमा उपस्थित २ सय ७० मध्ये २ सय ६८ मत दाहालको पक्षमा खसेको थियो भने तत्कालिन सत्ता गठबन्धनको नेकपा एमाले, राप्रपा सहित नेपाली कंग्रेस र एकिकृत समाजवादीले पनि दाहाललाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपतिको निर्वाचन ताका सत्ता समिकरण फेरिएपछि एमाले र राप्रपाले सरकार माथिको समर्थन फिर्ता लिएर बाहिरिएका थिए ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था अनुसार प्रधानमन्त्री दाहालले पुन विश्वासको मत लिन लागेका हुन् ।