प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित भारतबाट नेपालतर्फ आउँदै गरेको दुई जनालाई प्रकाउ गरेको छ ।
सोमबार दिउसो ३ बजेतिर ईलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर-६ मेचिपुलबाट सिन्दुपाल्चोक मेलम्ची-१० का सविन गोले तामाङ र तेह्रथुम आठराई-७ का बिर बराललाई प्रकाउ गरेको हो । ती दुबै हाल झापा विर्तामोड ८ मा बस्दै आएका थिए ।
उनीहरूलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ६ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ई.प्र.का. काकँडभिट्टामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

रातो समाचार संवाददाता
थप जानकारी