फोटोः उपेन्द्र यादव

बारा –२ को उपनिर्वाचनबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सत्ता साझेदार पाँच दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जित क्षेत्रको जनता, पाँच  दलिय गठबन्धनको साथ साथै नेपालको सार्वभम सत्ता र अखण्डताको जित भएको बताएका छन्।

प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए पछि सन्चारकर्मीहरुलाई प्रतिकृया दिदै नेता यादवले निर्वाचनले राष्ट्रिय एकतालाई तोडेर बिखण्डनको लागि रोपिएको बीजको हार भएको बताए। जनमतका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै नेता यादवले भने, ‘ मधेशी समुदायलाई जात जातमा लडाएर जातिय बिद्धवेस फैलाउने केही मनिसहरुले गरेको प्रयास नराम्रोसँग पराजित भएको छ।’

ठुला दलका नेताहरु नसचिएमा सिद्धिने अवस्था आएको भन्ने प्रश्नमा नेता यादवले देश लोकतन्त्र ल्याउनको लागि ठुला र पुराना नेताहरुको धेरै नै योग्दान रहेकोले यसलाई बिर्सन नहुने बताए। जनतालाई अधिकार सम्पन्न बनाउने , शान्तिर स्थिरता ,बिकास सहित समृद्धीको यात्रामा मुलुकलाई लैजाने प्रयास रहने यादवले बताए।

ऐतिहासिक र संस्कृतिक रुपले देशकै अग्रीम स्थानमा रहेको सिम्रौनगढ , गढीमाई मन्दिरको बिकास गरेर जिल्लालाई आर्थिक रुपले  बलियो बनाउनको यादवले दाबी गरे।

यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन्।

मूख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले दिएको जानकारी अनुसार जसपा उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्।

पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले ११९ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवको पोल्टामा ६० मात्रै मत प¥यो ।

बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।बारा–२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

नागरिक न्युजबाट साभार गरिएको छ ।