रोशन दिप – नेकपा एमाले मकवानपुरका जन संगठनहरुले आज जेठ १८ गते विहिबार बेलुका साढे ६ बजेको समयमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मुटुमा रहेको बुद्ध चोकमा नागरिकता बिधयेक प्रमाणीकरण, अखण्ड भारतको नक्सा प्रकाशन, र रेशम चौधरीको रिहाइ लगायत भ्रस्टचार विरूद्ध विरोध प्रदर्शन गरिएको हो ।

अखण्ड भारतको नक्सा प्रकाशनर राष्ट्रपतिले कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई आममाफि दिएकोमा आपत्ती जनाएका हुन् ।

सरकारले राष्ट्रघाती नागरिकता बिधेकलाई अनौपचारीक ढङ्गले प्रमाणिकरण गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन समेत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले निकट नेता कार्यकर्ताहरु तथा सबै जनवर्गीय संगठनका कमिटी र जिल्ला कमिटीका नेताहरुले सहभागी जनाएका थिए ।