पशुपति र काठमाडौं बिच प्रस्पपर्धा हुदाको तस्विर

बागमती प्रदेशको होटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट.ए. साइड फुटबल प्रतियोगिताको पहिलो खेलमा एफ.सि.सेलिङक भेट्रानस काठमाडौं विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ । आज बुधबार हेटौंडा–७ नागस्वती स्थित नवज्योती खेल मैदान भएको पहिलो खेलमा एफ.सि.सेलिङक भेट्रानस काठमाण्डौंले पशुपती भेट्रान्स हेटौंडालाई १–० गोलले पाछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

 

भेट्रानस काठमाण्डाको तर्फबाट खेलको दोस्रो हाफको ३२ औँ मिनेटमा भोजराज क्षेत्रीले निर्णय गोल गर्दै टिमलाई क्वाटर फाइनलमा पुराएका हुन् । पशुपति हेटौंडाको तर्फबाट खेलको निर्धारित समय भरि कसैले गोल फर्काउन नसकेको कारणले पशुपति पराजित हुनुपर्यो ।

खेलको म्यान अफ द म्याच गोल कर्ता क्षेत्री घोषित भए । अहिले बगर भाइ भेट्रान्स पोखरा र बिरगंज युथ एकेडेमी बिच प्रतिस्पर्धा  भइरहेको छ । प्रतियोगिताको उपाधी विजेटा टिमले २ लाख १हजार रुपैयाँ र उप–विजेटा टिमले १ लाख १हजार रुपैयाँ सहित ट्रफि , मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले समेत विशेष पुरष्का प्राप्त गनेछन् । प्रतियोगिताको फाइनल खेल असोज २० गते ३ बजे हुनेछ ।