आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी सरगर्मी बढेको छ।

नेताहरु प्रतिस्पर्धामा उत्रिँदा मकवानपुरमा पनि प्रतिनिधिसभा निर्वाचन रोचक बन्ने देखिएको छ भने राजनीतिक दलका नेताहरु तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिइरहँदा आफ्नो जित सुनिश्चित रहेको बताइरहेका छन् । यसैक्रममा मकवानपुर जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ ।

यसैविच नेकपा एमाले मकवानपुरले निर्वाचन छेत्र नम्बर १ को ख को घोषणापत्र सार्बजनिक गर्दै एमालेका मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले अबदेशको भविष्य सुधारका निम्ति एमालेकै सरकार आवास्यक रहेको बताएका छन् ।

नेपाल पुर्बाधार बिकास उद्योगी व्यवसायीको समस्या, यौनिक तथा लैंगिक अल्पसंख्यक लयायत हरेक वर्गको समस्या समाधान गर्न कार्ययोजना बनाइएको बताए ।