हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर र भक्तपुर जिल्लाबीचको खेल बराबरीमा रोकिएको छ । बुधबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको महिला फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुर र भक्तपुरबीचको पहिलो खेल १/१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको खेलमा भक्तपुरको टिमले गोल गर्दै सुरुवात अग्रता दिलाएका थिए । मकवानपुरका लागि सलिना थिङले दोस्रो हाफमा गोल गर्दै खेललाई १/१ गोलको बराबरीमा पु¥याएकी थिइन् । दुबै टिमको खेल बराबरीमा रोकिएसँगै १/१ अंक बाँडिएको छ । लिगकम नआउट प्रणालीमा सञ्चालित प्रतियोगितामा असार ५ गते मकवानपुरले पुनःभक्तपुरसँग समाना गर्नुपर्नेछ ।

प्रतियोगितामा ८ वटा जिल्लाहरुको सहभागिता रहेको छ । महिला फुटबल टिमका प्रशिक्षक भीम लामाले यस वर्षको प्रतियोगिता मकवानपुरलाई स्वर्ण जिताउने लक्ष्य लिएको बताएका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी