प्रदेश नम्बर १ को झापामा तीन किशोरीहरु एउटै रूखमा झुण्डिएको मृत अवस्थामा फेला परेका छन्।
झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५ मा जिङ खोला किनारमा चिया बगान नजिकै बयरको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले जानकारी दिए अनुसार साउन ७ गते मध्यान्न १२ बजे घर परिवारमा जानकारी गराई घुम्न जाने भनि हिडेकोमा बेलुका सम्म सम्पर्कमा नआएपछि खोजतलास गरिएको थियो ।
खोजतलास गर्ने क्रममा आज ८ गते बिहान सुनकोशी चिया बगान नजिकै रहेको बयरको रुखको हाँगामा डोरीको पासो लागी झुण्डीरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त घटनाको बारेमा डिएसपी वसन्त पाठकले जानकारी दिए अनुसार स्थानीय १६ र १७ वर्षकी तीनैजना किशोरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानकोलागि बिभिन्न व्यक्तीहरुसंग सोधपुछ भइरहेको छ।























प्रतिक्रिया दिनुहोस्