झापामा लिम्बुवान किराँत संघर्ष समितिका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सवारी रोकेर चाबि खोस्न खोज्ने ५ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बन्दकर्ताले बिहानैबाट झापाका चोक(चोकमा जम्मा भएर बजार बन्द गराएका छन्।शान्तिपुर्ण प्रदर्शन गर्ने बाहेकका गतिविधि गर्नेलाई नियन्त्रणमा लिने जिल्ला प्रहरी झापाले जनाएको छ।

१ नम्बर प्रदेशको नाम ूकोशी प्रदेशू राखिएको भन्दै लिम्बुवान, किरात संघर्ष समितिले प्रदेश १मा आइतबार आम हड्ताल आह्वान गरेको हो।

पहिचान मेटिने गरी प्रदेशको नामकरण गरिएको भन्दै एक साता यता बिभिन्न जातिय संगठनहरुले  बिरोधका बिभिन्न कार्यक्रमहरू गरिरहेका छन्।

नागरिक न्युजबाट साभार छ