झापा जिल्लामा हात्तिको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
पुष ५ गते अन्दाजी अप्रान्हको ४ ः २० बजेको समयमा झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ बस्ने वर्षका ३७ जगत बहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका
प्रबक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रबक्ता पाठकले बताए अनुसार सोही जिल्लाको कचनकवल गाउपालिका १ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घास दाउरा गरी फर्केने क्रममा उक्त सामुदायिक वनसंग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वन बाट आएको जंगली हात्तिको आक्रमण परेर मृत्यु भएको हो।
साथै सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ।