झापाको भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ स्थित देउनिया पुलमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको सोही स्थानमा बस्ने ३५ वर्षकी तुलसा खवास लामा र निजको छोरी वर्ष २ की रुक्साना लामालाई सोमबार करिब दिउसो २ बजेको समयमा ठक्कर दिएको थियो ।
ठक्कर दिएर ट्रक अनियन्त्रित भई पुलबाट देउनिया खोलामा खस्दा उक्त ट्रकको सह चालक झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ बस्ने २४ बर्षको अनिल हस्दा,सोही स्थानका ५२ बर्षको बुद्दलाल राजबंशी समेत घाईते भएका थिए ।
उपचारको क्रममा घाईते तुलसा खवास लामाको १५ः २० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते ४ जनालाई नै उपचारको लागी प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएकोमा उपचारकै क्रममा तुलसाको मृत्यु भएको झापा प्रहरीले जनाएको हो ।
प्रहरीले दिएको जानकारी दिए अनुसार घाइते ३ जनालाई द्य७ऋ अस्पताल बिर्तामोड पठाई उपचार भइरहेको छ ।
जिल्ला पाँचथर हिलिहाङ गाउँपालका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष २४ को योगेश सिटौला प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको ।























प्रतिक्रिया दिनुहोस्