बागमती प्रदेशको राजधानी हेटौंडामा जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा हेटौंडा–११ थानाभर्याङको कर्भड हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्धाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गरेकी हुन् ।

प्रतियोगितामा खुल्ला उमेर र भेट्रान्स उमेर समुहका खेलाडीबच प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा ४५ वर्ष उमेर समुहका उपाधि विजेता टिमले २० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्े । यस्तै खुल्लातर्फको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेता २० हजार रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत भोलि शनिबार क्वार्टर फाइनल, सेमीफाइनल र फाइनल चरणको खेलहरु हुने जनाएको छ ।

 

प्रतियोगिताको लागि करिब ९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता आयोजनाका लागि विभिन्न निकायहरबाट सहयोग प्राप्त हुने जनाएको छ । उद्घाटन कार्यक्रमममा नगर उपप्रमुख राजेश बानियाँ, व्याडमिन्टन संघका अध्यक्ष विष्णु धिमिरे, हेटौंडा उपमहानगरपालिका वडा–११ की अध्यक्ष जुना दहाल लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी