देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ।

विभागले देशका केही भूभागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो।

अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो