sf7df8f}F, !) sflQsM ;Ddfg sfo{qmddf dGqL rf}w/L vfg]kfgLdGqL pdfsfGt rf}w/L g]kfn t¿0f bnsf] ^*cf}F :yfkgf lbj;sf cj;/df a'waf/ sf7df8f}Fdf cfof]lht ;Ddfg sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन्।

बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्तो बताएका हुन्। मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए।

उनले भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै जनतालाई सहज बनाउनका लागि निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिए। उनले भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन ेबारेमा भने सरकारको ध्यान दिनुपर्ने बताए। सरकार र निर्माण व्यवसायीहरुको सहकार्यबिना ठूला भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो