हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत मकवानपुर जिल्लास्तरीत कराँते प्रतियोगिता सुरू भएको छ । नेपाल सितोरियो कराँते संघ मकवानपुरकाे व्यवस्थापनमा हेटौंडा-४,स्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबारबाट जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु भएको हो ।
सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामाको सभाध्यक्षमा तथा खेलकुदका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धाटन भएको थियो । सोमबार भएको कातातर्फको खेलमा सिमात बुद्ध डोजोका आयुष स्याङ्तान प्रथम, मेन डोजोका विकास राई द्वितीय, बागमती डोजोका विकास डोङ्ग र भिरकोट डोजोका दिपेन्द्र घिमिरे तृतीय स्थान भएका छन् । प्रतियोगिता अन्तर्गत ३० केजी तौल समूहदेखि ६५ केजी तौल समूह सम्मको खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ भने एकल काताको पनि खेल हुनेछ ।
भोलि मङ्गलबार सम्म सञ्चालन हुने कराँते प्रतियोगितामा छात्र र छात्राका बीच छुट्टाछुट्टै काता र कुमुते प्रतियोगिता बताइएको छ । उद्धाटन समारोहमा खेलकुदका पूर्वध्यक्ष सानू लामा, सितोरियो कराँते नगर कमिटीका अध्यक्ष दामोदर दहाल, नगर खेलकुदका सदस्य सुनिल लोप्चन लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्