रोशन दिप – नेपाली मुवी ‘डिसेम्बर फल्स’ले बक्सअफिसमा अपेक्षा अनुसारको नतिजा ल्याउन नसके तापनी अब फेरी मुवीको सिक्वेल बन्ने औपचारिक घोषणा भएको छ ।

आर्यनको सम्भावनाबारे संकेत नगरीएको सार्वजनिक सिक्वेलको पोस्टरमा उपासना सिंह ठकुरी मात्र चित्रीत छिन् । अघिल्लो पार्टमा पनि अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा देखिएकी थिइन् ।

एस सिक्वेलमा अभिनेता आर्यन सिग्देलको पनि उनीसँगै अभिनय देख्न सकिन्छ या सकिदैन त्यो त समयले नै बताउँछ । तर निर्देशक भने परिवर्तन भएका छन् ।

नेपालमा बक्सअफिसमा नचलेका मुवी सिक्वेल बनेका उदाहरण कमै छन् । “रिलिज अगाडी नेपाली मुवि क्षेत्रका निर्माताले सिक्वेलको घोषणा गर्नुभने कुनै ठुलो कुरा हैन । वास्तवमै ठुलो कुरा भनेको आफुले ठोक्वा दिएर बोलेको कुरा पुरा गरेर देखाउनु हो । जुन चलन नेपाली निर्माताहरुमा बिरलै देख्न सकिन्छ मुवि फ्लप भएपछि । किनकि मुवी फ्लप भएपछि अनुहार समेत देखाउँन चहादैनन् नेपाली निर्माता”।

“तर, ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल कुन माटोका बनेका हुन त्यो चाहिँ हामी भन्न सक्दैनौ तर जुन माटोबाट बने मुवी फ्लप भए पनि हार नखाएर पछिल्लो समयमा अपवाद भने पक्कै बने”।प्रचलित भनाइ “हिरा काट्ने हिराले नै हो” भनिएझैं मुवीबाट डुबेका रिजाल मुवीबाटै उक्सन चाहन्छन् । एसबाट के बुझ्न सकिन्छ भने उनी एउटा दृढ आत्मविश्वासी मनोबल भएका र नेपाली चल्चित्र क्षेत्रलाई वास्तवमै माया गर्ने व्यक्ति हुन् ।

अघिल्लो पार्टलाई नेपाली मुलका भारतीय निर्देशक प्रविण झाले निर्देशन गरेका थिए भने अब एस सिक्वेललाई लक्ष्मण रिजालले सम्हाल्नेछन् भने रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुन लागेको मुवीको पटकथा तथा संवाद पनि निर्देशक रिजालकै रहनेछ।

चैत्र महिनाको दोश्रो हप्ताबाट सुटिङ सुरु हुने जानकारी प्राप्त भएको उक्त मुवी नेपाल र युरोपका विभिन्न स्थानमा महेश आर गुप्ताले छायांकन गर्ने छन् भने प्रस्तुतकर्ता तथा निर्मातामा रामप्रसाद रिजाल र क्रियटिभ हेडमा रोनाल्ड श्रेष्ठ छन् ।