राजेश गरिब- फागुन १४ गते महाशिवरात्री देखि प्रदर्शनमा आएको कुमार कट्टेल जिग्री निर्देशित फिल्म लाज शरणम्’लाई हेरेका दर्शकहरुले राम्रो भनिरहेका छन् ।
प्रदर्शनमा आउन लागेको निर्माण पक्षले बताइरहेको समयमा सिताराम कट्टेल धुर्मुस को गेटअप पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमसँग मिलेको चर्चा भएपछि पूर्वमन्त्रीलेको दायर गरेको मुद्धामा लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनको आदेश आएको थियो ।
बिभिन्न आरोह अबरोह पार गरेर कानुनी प्रक्रियाका उपाएबाट नै केन्द्रीय चलचित्र जाँच समिति बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गर्दै प्रदर्शन अनुमति दिएपछि प्रर्दशन गर्न पायो ।
निर्माण टोलीले बताए अनुसार चार वर्षको मेहनतपछि बनेको लाज शरणम्’ आशा बोकेको फिल्म भन्दा फरक पर्दैन ।
चलचित्र हेरेपछि दर्शकहरुले पनि राम्रै प्रतिक्रिया दिएका छन् ।
कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ट्रेलर नै सार्वजनिक नगरी प्रदर्शनमा आएको हो ।
सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ आदिको अभिनय छ । फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह निर्माताका रूपमा रहेका छन् ।
……………………………………………………………………………………………………
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949
………………………………………………………………………………………………….
“लाज शरणम्”
कथा सूरु हुन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आएको एक शवको बाकस लिन केही पात्रहरु पुगेको दृष्यबाट ।
उक्त स्थानमा एक एम्बुलेन्स अनि एक जना सन्देश र अर्को विजय नामका पात्र जो महेश त्रिपाठी र सागर लम्साल बले हुन्छन् ।
शव बुझ्ने पात्र हामीले हेरिरहेको पात्र पाँडे अनि लाई देखाइएको छ । सो स्थानमा पुगेकोर बाकस समातेर रोएको दृष्यमा दिएको प्रस्तुतीले दर्शकलाई एकटकसंग राख्न सक्छ ।
धनकमाउनका लागि बैदेशिक रोजगारीमा गएको आफन्त काठको बाकसमा फर्किएको भन्दै रोएको दृष्यसंगै बाकस बुझ्छन् ।
शव बुझेपछि बाकस बोकेर सो स्थानबाट एम्बुलेन्समा ४ पात्र हिड्छन् ।
एम्बुलेन्स एक गोदामभित्र पुर्याएपछि सो स्थानमा गुर्जु दादा अर्थात अर्पण थापाको दमदार प्रस्तुती देखिन्छ । एम्बुलेन्समा लगेको काठको बाकस जव खोल्छन् अनि …………. जे हुन्छ त्यो चलचित्रमा छाडिदिन्छु ।
चलचित्रमा.सक्किगोनि’का कलाकारहरु सहितको टोलीको अभिनय रहेसंगैफरकफरक लुक्स र चरित्रमा देखिएपनि अर्जुन घिमिरे भने पाँडेकै चरित्रमा देखिएका हुन् ।
सोहीक्रममा व्यङ्ग्यात्मक तरिकाले सिताराम कटुटेल धुर्मुस जो सम्पुर्ण गेटअप पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमसंग मिलेपनि समसामयिक कथामा व्यङ्ग्यात्मक तरिकाले हँसाएका छन् ।
त्यस्तैगरि मन्त्रीको चरित्रमा देखिएका मुकुन्द श्रेष्ठ लगानी सम्मेलनमा दिएको अंग्रेजी मन्तव्यले दर्शकलाई निकै हसाँउन सफल भएको छ ।
चरित्रकै कुरा गर्ने हो भने महेश त्रिपाठी जो एम्बुलेन्स चालकका रुपमा छन् ।
केही चलचित्रमा अभिनय गरेतापनि दर्शकको नजर भने तान्नसकेको थिएन ।
तर, एस चलचित्रमा उनको अभिनयकले चलचित्रलाई जिवन्त दिन सफल भएको छ ।
लगातार देखिने कलाकारको अभिनयले चलचित्रमा एकटकसंग बाध्न सक्ने गरि कथामा कलाकारले न्याएनै गरेको मेरो हेराइमा परेको छ ।
देशमा भइरहेको राजनीतिको आडले सत्तामा पुगेर चलाएको रणनीतिले आम नागरिकको पिडालाई देखाएको छ ।
मन्त्री बनेपनि आमनागरिकको पिडा बुझ्न पर्ने तर, भ्रष्टचार, सुन तस्कर अनि पिडालाई अनदेखा गरिरहेको कथा छ ।
कर्णलीका एक व्यक्ती धन कमाउन बिदेश गएतापनि ति व्यक्तीको शव काठको बास आएको एक भ्यानमा पुर्ण बहादुरको सारंगीमा ख्याती कमाएका विजय बराल अर्थात तुले अनि कमलमणी नेपाल देखिन्छन् ।
धनको कमीले पाएको पिडा अनि आफ्रनो परिवारलाई खुसी र सुख दिन्छु भने गएको स्मरण गर्दै बाकसको शव हेरेर उनको श्रीमती रोएको दृष्यले केही पिडा दिएको अनुभव गराउँछ ।
दर्शकलाई मनमा खल्लोको महशुस गराउदै आफुतिर केन्द्रित गर्न कलाकारहरु सक्षम भएका छन् ।
जव काजक्रिया गर्नका लागि शवको बास खोल्छन् त्यसपछि ………………फिल्मले झट्का दिन्छ ।
त्यसबेला के हुन्छ त्यो भने चलचित्रमै छाडिदिए ।
शहर तर्फ जोगीको भेषमा कक्रोजको इण्ट्रि हुन्छ । कामको लागि सोही स्थानमा पुग्छन् । अनि त चलत्रिले रप्तार तर्फ लैजान सफल भएको छ ।
चलचित्र हेर्दै गर्दा पहिलो हाफको मध्यभागमा पुगेपछि केही स्लो हुन खोज्छ नै । कताकता चलचित्र के होला भन्ने भान परेतापनि खासै बोरै भने लाग्दैन ।
तर, सेकेण्ड हाफ पछि चलचित्रले बिस्तारै रफ्तार लिन सूरु गर्छ ।
सुन्दर कर्णाली हिमालको काखमा रहेको यार्सागुम्बा, बिभिन्न जडिबुटी र पर्यटकिए स्थल बनाउने भन्दै बिभिन्न व्यक्तीहरुले भनिरहेपनि विपन्न परिवारको एक दम्पती र उनीहरूको दुःख अभाव कुपोषणको चपेटामा एक बालकको उपचार गर्न नपाएको अवस्थालाई देखाइएको छ ।
नेपालको पश्चिम भेगमा रहेको कर्णालीको दृश्यले मन हर्षित भएतापनि निमुख र पहुच नहुनेहरुको बेदना अनि पद र स्थानमा हुनेले त्यही पिडालाई अनदेखा गरेर स्वास्थ्यचौकी आवाश्यक परेपनि भ्युटावर सिलन्यास कार्यलाई प्राथमिकतामा राखेको दृष्यले सारै विझाउँछ । त्यतिबेला भने मन चसक्क हुन्छ ।
कर्णालीका सुन्दर हिमाल अनि हिमालको काखमा रहेको माटो मनोरम दृश्य र कुनै छलकपट नभएका व्यक्तिहरु पनि छन् । अनि यिनिहरुके मनोभावानसंग खेलवाड गर्नेहरु केन्द्रित गरेको लाज शणनम् मा देखाइएको छ ।
कथालाई निकै गज्जब तरिकाले देखाएको दृष्यले मनमा हलचल ल्याइदिन्छ ।
टेलिचलचित्रमा काम गरेका टिमले गरेको मेहनत अनि टेलिचलचित्रकै जिग्रीले पहिलोपटक निर्देशन गरेको चलचित्रमा कथा, पटकथा, सम्पादन प्रस्तुत गरिएको व्याकराउण्ड म्युजिक, प्राबिधिक पक्ष यसको तरिफै गर्न पर्ने हुन्छ ।
फिल्ममा विशेष सुन तस्करको कथालाई जोड दिएको छ भने, सोही कथालाई सस्पेन्स तरिकाले देखाउन सकेकाले नेपाली फिल्म यत्तिको बन्नु मेरो नजरले गज्जब मानेको छ ।
एक अर्गानिक फिल्म , जसमा यथार्थ, कथा दृष्य समेत रहेको चलचित्रलाई हामी सबैले माया गर्नै पर्छ।























प्रतिक्रिया दिनुहोस्