मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित भैंसेमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भिमफेदी–१ स्थित स्याउलीका ५५ वर्षीय सोर्जे पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

बिहिवार बिहान ७ बजेर ४५ मिनेटको समयमा मगर आफ्नो घरबाट करिब ८ सय मिटर दक्षिणतर्फ रहेको सामरी खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मगर मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोल हेटौंडाबाट प्रहरी सहायक निरीक्षक लालु यादवको कमाण्डमा टोली खटिएको थियो । मगर लामो समयदेखि छारे रोगको बिरामी भएको जनाएको छ । शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।