हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ४ जना स्रष्टालाई सम्मान गरेको छ । शनिबार आँचल साहित्यले बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको अवसरको छुट्टा छुट्टै विधाका ४ जना स्रष्टालाई सम्माम गरेको हो।
मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान २०८१ बाट ३ हजार ५ सय रुपैयाँको नगद राशि सहित हेटौंडा-१०,स्थित तुल्सी मेहर बोर्डिङ्की छात्रा अनूसूया खनाललाई सम्मा गरिएको छ । मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८१ बाट साहित्यकार स्वस्तिका दहालालाई ५ हजार रुपैयाँको नगर राशि र सम्मानपत्र सहित सम्मान गरिएको छ ।
सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान- २०८१ बाट पुरूषोतम आचार्यलाई १० हजार रुपैयाँको नगद राशि र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, आँचलको अक्षयकोषका लागि सहयोग पुर्याउने प्रकाश लम्साललाई आँचल सम्मान २०८१ बाट सम्मान गरिएको छ ।
आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षा तथा जिल्ला प्राशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
सम्मान कार्यक्रममा वडा-४ का अध्यक्ष नवीन सिग्देल, वडा-१० का अध्यक्ष फूर्वा दोर्जे लामा, गैरसरकारी संस्था महासंघकी अध्यक्ष रमिला सापकोटाको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्